श्रीलंकन नागरिकहरूलाई युरोपियन मुलुक पठाउने भनि नेपाल ल्याई बन्धक बनाई राख्ने कार्यमा संलग्न पाकिस्तानी नागरिकहरू पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ चैत्र २०८०, शनिबार
1 Min Read
Aa
काठमाण्डौं । श्रीलंकन नागरीकहरूलाई वैदेशिक रोजगारको लागि क्यानडा, रोमानिया, ग्रिस लगायतका देशहरूमा पठाई दिने विश्वास दिलाई श्रीलंकाबाट नेपाल ल्याई उपत्यकाका विभिन्न स्थानहरूमा रहेका होटलमा राखी पिडितहरूको पासपोर्ट नियन्त्रणमा लिई बिभिन्न किसिमका धाकधम्की दिई, कुटपिट गर्नुका साथै आफन्तसंग सम्पर्क गर्न नदिई साथमा रहेको नगद समेत लिई जबर्जस्ती बन्धक बनाई राखेको अवस्थामा यस कार्यालयबाट खटिएको टोलिले मिति २०८०/१२/२२ गते पीडितहरूलाई सकुशल उद्वार गर्नुका साथै उक्त कार्यमा संलग्न रहेका पाकिस्तानी नागरिकहरू जुबेर अम्जाद, शाहजेहान तानबिर, मलिक अब्दुल हमिद र आरिफ मसिहलाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौमा पठाईएको ।
May be an image of blueprint, ticket stub and text

प्रतिक्रिया दिनुहोस्

Array