बैंकिङ कसुर मुद्धाका प्रतिवादी पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ चैत्र २०८०, आईतवार
1 Min Read
Aa
 काठमाडौँ, जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा नं. ३ घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ८ लुभु बस्ने हर्क बहादुर मगरको छोरा बर्ष ५४ को कोमल बहादुर मगर प्रतिवादी भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहल काठमाण्डौबाट मिति २०८०।११।०८ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८०।१२।२५ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा ३१ नयाँ बानेश्वर निजामती कर्मचारी अस्पताल स्थितबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी बृत्त सिंहदरवार अनामनगर पठाईएको ।
May be an image of text

प्रतिक्रिया दिनुहोस्

Array