प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरूसँग परामर्श गर्दै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ चैत्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरूसँग परामर्श गर्दै हुनुहुन्छ । आज दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको बैठकमा नेताहरूसँग परामर्श हुने सभामुखको सचिवालयले जनाएको छ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दैआएको छ । सो माग पूरा नभए चैत २७ देखि संसद् बैठक अवरुद्ध गर्ने चेतावनी सो दलले दिएको छ ।बैठक अवरुद्ध नहोस् भन्ने उद्देश्यले प्रमुख चार दलका नेताहरूसँग छलफल गर्न लागिएको सभामुखको सचिवालयको भनाइ छ । सभामुखले आज दिउँसो २ बजे प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनुभएको सचिवालयका सदस्यहरूको भनाइ छ । बैठक सभामुखको कार्यकक्ष सिंहदरबारमा बस्नेछ । सो अघि नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

onlinereadio

 

 

प्रतिक्रिया दिनुहोस्

Array