घोडेजात्रा सम्पन्‍न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ चैत्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं ,  विविध कार्यक्रमहरू सहित घोडेजात्रा समारोह २०८० सम्पन्न भएको छ । सैनिक मञ्च, टुँडिखेलमा अश्‍वकला प्रदर्शनी सहित आयोजित समारोह सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । समारोहमा टांगन घोडा दौड, चार्जर घोडा दौड, टेन्ट पेगिङ्ग, क्रस टेन्ट पेगिङ्ग, शो-जम्प, म्युजिकल राइडका साथै सैनिक डगहरुको कला प्रदर्शन समावेश गरिएको थियो ।   समारोहमा प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिले म्युजिकल राईडमा प्रथम र द्वितीय हुने उप सेनानी प्रसिद्ध बानिया र उप सेनानी निरोज थापा तथा सो-जम्पमा प्रथम र द्वितीय हुने सह सेनानी अशोक खकुरेल  र प्युठ ओम प्रकाश यादवलाई पुरस्कार प्रदान गर्नुभयो ।  त्यस अवसरमा सम्माननीय उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख उपस्थित हुनुहुन्थ्यो । यस्तै मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका सचिवहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, महामहिम राजदूतहरू, विभिन्न मुलुकका सैनिक सहचारीहरू, सैनिक तथा गैर सैनिक महानुभावहरु, सञ्चारकर्मीहरू एवं सर्वसाधारणबाट समेत घोडेजात्राको अवलोकन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array