काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको फोहोरा हान्नुका साथै लाठी चार्जसमेत गरेको छ ।मङ्गलबार काठमाडौँ भृकुटीमण्डपबाट प्रदर्शन सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले मङ्गलबार काठमाडौँ केन्द्रित जनप्रदर्शनको आयोजना गरेको सो पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो ।प्रहरीले पानीको फोहोरा हानेपछि राप्रपाको प्रदर्शन तितरबितर भएको छ । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेलगायतका माग राख्दै आएको छ । त्यसैले राप्रपाले आजको प्रदर्शनलाई ‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मुख्य नारा दिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा झड


प्रतिक्रिया दिनुहोस्