भूमि अधिकार तथा श्रमिक संगठनको आयोजनामा महिला सशक्तिकरण महोत्सव हुँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ चैत्र २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं,  भूमि अधिकार तथा श्रमिक संगठन नेपालको रचनात्मक क्रियाकलाप विभागको संयोजन तथा व्यवस्थापनमा ‘महिला सशक्तिकरण महोत्सव– २०८१’ को आयोजना गरिएको छ । आज (बिहिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत नेकपाको ७५औं स्थापना दिवसको विशेष अवसरमा आगामी वैशाख १४ गतेदेखि २९ गतेसम्म महिला सशक्तिकरण महोत्सव आयोजना गरिएको जानकारी गराइएको हो ।
महोत्सवको मूल नारा ‘स्रोतसाधन र शक्तिमा समान अधिकार, महिला सशक्तिकरणको मूल आधार !’ रहेको छ । उक्त महोत्सव काठमाडौंको आलोकनगरमा आयोजना गरिएको छ ।
महोत्सवले महिला सशक्तिकरणको विविध आयामको सन्देश आम रूपमा बहसमा ल्याउन र विचार प्रवाहका साथै आ–आफ्नो व्यवसाय प्रवर्द्धनका माध्यमबाट आर्थिक सवलीकरण गर्न टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
महोत्सवमा महिलाहरुबाट व्यापार व्यवसायका पसल स्टलहरु तथा चमेना गृहहरु सञ्चालन हुने बताइएको छ । साथै, विभिन्न प्रकारका मनोरञ्जनात्मक खेल तथा विविध साँस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुनेछन् ।
त्यसैगरी, महिला सशक्तिकरण विविध आयामका मुद्दामा वहस, छलफल तथा अन्तरक्रिया कार्यक्रम हुनेछ । त्यस्तै कार्यक्रममा भूमि अधिकारबाट बञ्चित महिला र असंगठित महिला श्रमिकहरुको व्यापक सहभागिता रहने आयोजकको भनाइ छ । महोत्सवलाई आफ्ना आवाज सुनाउने ठाउँ नपाएकाहरुको लागि सुनाउने ठाउँ ÷ मञ्च बनाइने बताइएको छ ।
भूमिअधिकार तथा श्रमिक संगठन नेपालकी अध्यक्ष शान्ता चौधरीले उक्त महोत्सव फरक प्रकृतिको भएकाले ऐतिहासिक बन्ने स्पष्ट पारिन् ।
महोत्सवलाई व्यवसायिक रुपले मात्रै नभएर नेतृत्व विकास गर्ने र महिला आन्दोलन र श्रमिक आन्दोलनमा लागेका महिलाहरुलाई बोलाएर बहस गर्ने उनको भनाई छ । महिला आन्दोलन र श्रमिक आन्दोलनमा लागेकाहरु अहिले काठमाडौं केन्द्रीत भएको कारण काठमाडौंबाट यसप्रकारको महोत्सवको सुरुवात गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array