भक्तपुरमा पत्रकार र खेलाडी सम्मानित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ बैशाख २०८१, मंगलवार
1 Min Read
Aa

भक्तपुर । भक्तपुरमा जिल्लामा लामो समयदेखि पत्रकारिता सक्रिय पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।औद्योगीक शान्ति नेपाल संस्थाले आयोजना गरेको आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको अवसर ढकाललाई सम्मान गरेको हो । काभ्रेमा जन्मिएर कर्मथलो भक्तपुर बनाएका पत्रकार ढकाल जिल्लामा करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । विगतका समदूरी साप्ताहिक, सौर्य दैनिक, रातोपाटी डटकम हुदैं हाल नयाँ नेपाल न्युजको कार्यकारी सम्पादक रहेका ढकाललाई नगद रु ५ हजारसहित सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले सम्मान गरेका हुन् । नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव समेत रहेका ढकाल, प्रेस चौतारी भक्तपुरका अध्यक्ष र राष्ट्रिय संचार केन्द्रका सचिव समेत हुन् । उक्त अवसरमा राष्ट्रिय तथा अन्राष्ट्रिय रुपमा उत्कृठ रहेका खेलाडीहरुलाई समेत सम्मान गरिएको छ । नगरप्रमुख थापाले भलिबल खेलका प्रशिक्षक तथा पूर्व खेलाडी उत्सव खड्का, नेपाल पुलिस क्लब महिला भलिबल टिमका प्रशिक्षक रुपेश विष्ट र भारत्तोलन खेलाडी लक्ष्मी वनलाई सम्मान गरिएको छ । खेलाडीहरुलाई जनही नगद रु.५ हजारसहित सम्मान गरिएको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिए ।   चैत २२ गतेदेखि जारी महोत्सव आज समापन भएको हो । महोत्सवमा करिब ८ करोड बराबरको कारोबार भएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array