माननीय रक्षा मन्त्रीद्वारा निर्माणाधीन काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निरीक्षण भ्रमण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ बैशाख २०८१, मंगलवार
1 Min Read
Aa

 माननीय रक्षा मन्त्री श्री हरि प्रसाद उप्रेतीले आज मिति २०८१ वैशाख ०३ गते निर्माणाधीन काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ ।  निरीक्षण भ्रमणको दौरान आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै महादेवटार, धेत्रे, लेनडाँडा र निजगढ इलाकामा निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण तथा अनुगमन गर्नुभयो ।  भ्रमणदलमा माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री श्रीमती ज्वाला कुमारी शाह, सार्वजनिक लेखा समितिका सदस्य माननीय श्री अच्युत प्रसाद मैनाली, पूर्वाधार विकास समितिका सदस्य माननीय  श्री राज कुमार गुप्ता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य माननीय      श्री कृष्ण कुमार श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव, बलाधिकृत रथी लगायत आयोजनाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array