लुम्बिनी प्रदेशका नवनियुक्त सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ बैशाख २०८१, बिहीबार
1 Min Read
Aa

लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनु भएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश प्रमुखको कार्यालय बुटवलमा मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री जोखबहादुर महराले आज नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको थियो । एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो ।

२३ चैतमा नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४८ जनाको समर्थनमा महरा मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री महराले सोही दिन एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो । तीनै जनाको मन्त्रालय आज मात्रै तोकिएको हो । जसअनुसार आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।आजको विस्तारसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array