डा. भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई डा. सुनील शर्माले २० लाख सहयोग

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ बैशाख २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं, प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा. सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गरेका छन् । शर्माले आज हेपाली हाइटमा रहेको डा. भगवान कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सहयोग हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै शर्माले राज्यले गर्नुपर्ने काम डा. कोइरालाले आफैँ गर्न लागेको देखेर कोइरालाको सम्मानस्वरुप आफूले सो सहयोग उपलब्ध गराएको बताए । डा. कोइराला अध्यक्ष रहेको कियोचले काठमाडौँसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ । गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ । कियोचले राजधानी काठमाडौँमा एक सय शय्याको अस्पताल निर्माण गर्नेछ । त्यसपछि सातवटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा।कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array