थाङ्सिङबोलेमा धर्मगुरुबाट पुजापाठ गरि छ्योर्तेनको भब्य उद्घाटन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ बैशाख २०८१, शनिबार
4 Min Read
Aa

निरोज चौलागाईं/ सिन्धुपाल्चोक
बाह्रबिसे नगरपालिका ६ मान्द्रा स्थित थाङ्सिङबोलेमा छ्योर्तेनको उद्घाटन भएको छ । बाह्रबिसे नगरपालिकाको हिमाली बस्ती थाङ्सिङबोलेमा तीन छ्योर्तेन तथा एक पाहुना घरको बौद्धधर्म अनुसार धर्मगुरुबाट बिधिवत पुजापाठ गरि छ्योर्तेनको भब्य उद्घाटन गरिएको हो। वरिपरि डाडाले घेरिएको बीचमा सम्म भुभाग भएको थाङ्सिङ्बोलेको छ्योर्तेन निर्माण भएसगै गाउबस्तिको समेत मुहार फेरिएको छ।

थाङ्सिङ्बोलेका समुदाय मिलेर निर्माण गरिएको ज्याङ छ्युप छ्योर्तेन सिन्धुपाल्चोकको नमुनाको रूपमा रहेको छ। लामो समय लगाएर निर्माण गरिएको ज्याङ छ्युप छ्योर्तेन सिन्धुपाल्चोकमा नमूनाको रुपमा निर्माण गरिएको हो। कार्यक्रममा पुगेको कतिपय स्थानीयले यस ठाउँलाई ठम्याउन सकेनन् । केहि समय अगाडि उजाड जस्तै देखिएको बारिको पाटामा बिहीबार ध्वाजा पताकाले सजिएको बुटैबुटाले सिगारिएको छ्योर्तेन। छ्योर्तेन वरिपरि बगैंचा कतिपय फुल फुल्न थालिसकेका त्यस सगै रहेको पाहुना घर सगै शौचालय, नुहाउनको लागि धाराको ब्यबस्था । अर्थात कार्यक्रमको लागि बनाएको दुई तले पाहुना घर ।
बिबाह, ब्रतबन्ध,घेवा लगायत पुजाआज गर्नको लागि पार्टी प्यालेसको जस्तै सुबिधा सम्पन्न ज्याङ छ्युप छ्योर्तेन देखेपछि अधिकाश स्थानीय छ्योर्तेन निर्माण पक्षलाइ देखेर खुसी हुन थाले।

६ रोपनी जग्गामा निर्माण भएको ज्याङ छ्युप छ्युर्तेन तथा पाहुना घरको उद्घाटनपछि स्थानीयले खुसी ब्यक्त गरेका छन । बिहिवार धर्मगुरु खेन्पो साङ्गे रङ्ज्युङ रिम्पोछेबाट गरिएको पुजामा सरिक भएको गाती,मान्द्रा,थाङ्सिङ्बोले, सोताङ, यार्सा लगायतका कार्यक्रममा आएका अधिकाश स्थानीयले गाउँमा यस्तो सुबिधासप्पन्न ज्याङ छ्युप छ्योर्तेन निर्माण भएकोमा खुसी व्यक्त गरे। स्थानीय भन्छन्, अब यस भेगका स्थानीयले बिबाह ब्रतबन्ध, छ्याओर घेवा जस्ता कार्यक्रम गर्न ठाउँ खोजिरहन नर्पर्ने उनीहरु बताउछन् । बिहिवार ज्याङ छ्युप छ्योर्तेनमा लगाइएको रब्ने पुजा तथा उद्घाटन कार्यक्रममा झन्डै २५ सय जना उपस्थित भए । छ्योर्तेन उद्घाटन तथा सम्बोधन गर्न पुगेको पुर्व स्वास्थ्य मन्त्री एवंम सासद मोहन बहादुर बस्नेत भन्छन्, समुदाय मिलेर निर्माण गरिएको यो छ्योर्तेनले राज्यलाई चुनौती दिएको छ। एउटा ब्यक्तिले गरेको पहलमा यस्तो भब्य छ्योर्तेन निर्माण भयो देख्दा लोभ लाग्दो छ । तर राज्यले निर्माण गरेको भए कति बर्ष लाग्ने हो थाहा छैन । त्यसैले म भन्छु रमेश शेर्पाले गरेको काम प्रशंसा योग्य छ बस्नेतले सुनाए । त्यस्तै माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् सासद माधव सापकोटा सुबोध थप्छन्, जोस जागर भए हरेक काम समयमा सफल हुन्छ भन्ने उदाहरण रमेश शेर्पालाई हेरे पुग्छ। उहाँले गरेको यो कार्य प्रशनिय छ । हामीले देख्दा यस्तो ठाउमा यति सुन्दर सबै हिसाबले सुबिधा भएको ज्याङ छ्युप छ्योर्तेन निर्माण भएको छ । आगामी दिनमा यस्ता धार्मिक कार्यहरु भइरहोस भन्दै सापकोटाले शेर्पाको प्रशंसा गरे । नेकपा एमालेका केन्द्रिय सदस्य नेता शरेश नेपाल पुजापाठ सकिए लगत्तै शुभकामना सन्देश दिएर निस्किए। छ्योर्तेन कार्यक्रम पुगेका महानायक रजेश हमालले निर्माण पक्षको खुलेर तरिफ गरे । अध्यक्ष रमेश शेर्पा भन्छन्, समुदाय मिलेर निर्माण सम्पन्न भएको ज्याङ छ्युप छ्योर्तेन सबैको लागि सहज हुने भएको छ। उनी भन्छन्, आफ्नो पुर्खा दोलखा जिल्ला देखि आएर यस ठाउँमा बसेको र धार्मिक हिसाबले पुर्खाले आएर बसेपछि बौद्ध धर्मावलम्बी अनुसार यस ठाउँमा छ्योर्तेन बन्नु भन्दा पहिला ससान बालबालिकालाई देवता चढ्ने इतिहास भएकोले अहिले आफुहरुले सकेको समयमा छ्योर्तेन बनाएको उनको भनाइ छ। धार्मिक हिसाबले एउटा इतिहास बिकेको यस थाङ्सिङबोलेमा कुनैपनि काटमार गरिदैन यस ठाउँमा विशेष गरि भैंसी, रागाहरु पाल्न नहुने इतिहास रहेको ज्याङ छ्युप छ्योर्तेनका कोषध्याक्ष हिरामाय शेर्पाको भनाइ छ। हाम्रो पू्र्खाले याहा भैंसी पाल्न खोज्दा गोठै टुङ्गिएर जाने र नफाप्ने भएकोले अहिलेसम्म याहा भैंसी पालिदैन । त्यसैले यसठाउँमा देवि देवताको सत रहेकोले अहिले हामीले छ्योर्तेन निर्माण गरेको हिरामायाको बुझाइ छ।
छ्योर्तेन निर्माणको लागि थाङ्सिङ्बोले बासी निमा दोर्जे शेर्पा, संकलाल शेर्पा र छेवा शेर्पाले जग्गा दान गरेका हुन। बाह्रबिसे नगरपालिकाले भने, नगरपालिकाबाट १७ लाख रुपैयाँ तारबारको लागि सहयोग गर्ने बाह्रबिसे नगरपालिकाका नगरप्रमुख बालकृष्ण बस्नेत बताए ।

प्रतिक्रिया दिनुहोस्

Array