नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव-आवेदन आह्वान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० बैशाख २०८१, सोमबार
2 Min Read
Aa
काठमाडौँ । विश्व रङ्गमञ्च दिवसको दिन मण्डला थिएटर नेपालले घोषणा गरेको ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ले राष्ट्रिय नथा अन्तर्राष्ट्रिय नाटकको आह्वान गर्दै आवेदन खुल्ला गरेको जानकारी गराउँदछौं । साथै यसपटक नाटकका अलवा कार्यक्रमहरुका लागि पनि निटफेस्टले खुल्ला आवेदन आह्वान गरेको छ ।
निटफेस्टको आधिकारिक वेवसाइट www.nitfest.org मार्फत आवेदन आह्वान गरेका छौं । जसमा देश, विदेशबाट विभिन्न विधा तथा शैलीका नाटकहरु आह्वान गरिएको छ । निटफेस्टले यसपटक बाल–नाटकको छुट्टै मञ्चन सेक्सन राख्नेगरी बाल–नाटकहरु पनि आह्वान गरेको छ । जसमा व्यवसायिक रङ्गकर्मीहरुले विभिन्न उमेर समूहका बालबालिका लक्षित गरी निर्माण–सिर्जना गरेका नाटकहरु समावेश हुनेछन् । नाटकका लागि आउँदो मे ३१ सम्म निटफेस्टको वेवसाइटमा उपलब्ध गुगल फारम ( https://forms.gle/6JVWHySZnbhTkKH99)भरेर नाटकको भिडियो सहित आवेदन दिइसक्नुपर्नेछ ।
निटफेस्टलाई साझा मञ्चको रुपमा स्थापित गर्न न्यूनतम खाकासहित व्यक्तिगत वा संस्थागत रुपमा कार्यक्रमको प्रस्ताव पनि आवेदन दिन सक्ने प्रवन्ध गरेका छौं । त्यस्ता कार्यक्रमहरुमा कार्यशाला, सेमिनार, प्यानल डिसकसन, सांगितिक, नृत्य, साँस्कृतिक प्रस्तुतिहरु, विविध कला, साहित्य तथा र रङ्गमञ्च सम्बन्धित प्रदर्शनीहरु आदि हुन सक्नेछन् । यसका लागि गुगल फारम ( https://forms.gle/buoyq9fqqV6uqwHt7) मार्फत आउँदो जुन ३० सम्म आवेदन दिन सकिनेछ ।
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ भन्ने मूल भावका साथ तेस्रो निटफेस्ट मण्डला थिएटर नेपालको आयोजनमा २०८१ को चैत ३ देखि १४ गतेसम्म काठमाडौंमा हुने यसअघि नै जानकारी गराइसकेका छौं । साथै समानान्तर रुपमा काठमाडौं विभिन्न सहरमा दुईदेखि तीन दिनको समानान्तर महोत्सवको पनि निटफेस्टले संयोजन गर्ने जानकारी गराउँदछौं ।

प्रतिक्रिया दिनुहोस्

Array