देश विकासमा सबै राजनीतिक दल मिलेर अगाडि बढाउनुपर्ने : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० बैशाख २०८१, सोमबार
1 Min Read
Aa

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्टले सरकारमा भएका बेला राष्ट्र र जनताका जलबल्दा विषयलाई ध्यान दिएको बताएकी छन् । नेकपाको ७५ वर्ष पूरा भएको अवसरमा सोमबार गोदावरीमा एमालेले आयोजना गरेको हीरक महोत्सवमा सम्बोधन गर्दै उनले सरकारमा हुँदा व्यवहारिक रुपमा कार्यन्वयन गरे कम्युनिष्ट आन्दोलनप्रति नेपाली जनताको आशा र भरोषा बढाएको दाबी गरेकी हुन् ।

उनले आन्दोलनको गम्भीर समीक्षा गर्नुपर्ने बताइन् । वामपन्थी र गैह्रवामपन्थी दलभित्र आफ्नो पार्टीले लिएर विचार र सिद्धान्तमा विचलन आएको छ/छैन समीक्षा गर्नुपर्ने धारणा राखिन् । उनले कम्युनिष्ट पार्टी फुट र विभाजन पदका लागि, अवसरका लागि हो कि विचार र सिद्धान्तको आधारमा हो ध्यान दिनुपर्ने उल्लेख गरिन् ।

देश विकासमा सबै राजनीतिक दल मिलेर अगाडि बढाउनुपर्ने बताइन् । पूर्वराष्ट्रपति भण्डारीले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधनपश्चात आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको स्मरण गरिन् । उनले भनिन्, ‘जनताका चाहना अनुसार मदनको सपना साकार पार्न आफू राजनीतिमा आएको हुँ ।’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसमेत छन् ।

प्रतिक्रिया दिनुहोस्

Array