इलाम–२ मा डकेन्द्र थेगिमलाई समर्थन गर्ने हाम्रो नेपाली पार्टी, लौरो अभियानको निर्णय

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ बैशाख २०८१, मंगलवार
6 Min Read
Aa

काठमाडौं, हाम्रो नेपाली पार्टी, लौरो अभियानले आगामी वैशाख–१५ गते हुन गइरहेको उपनिर्वाचनमा इलाम–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी हाम्रो नेपाली पार्टीले अगामी उपनिर्वाचनमा इलाम–२ मा थेगिमलाई समर्थन गर्ने घोषणा गरेको हो ।
हाम्रो नेपाली पार्टी, लौरो अभियानका प्रवक्ता रोहन कार्कीले इलाम–२ का लौरो अभियानका शुभचिन्तक र समर्थकलाई ‘मुढा’ चुनाव चिन्हमा मतदान गर्न अपिल गरे । ‘अहिले हामीले डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने र इलाम क्षेत्र नम्बर २ मा हाम्रो नेपाली पार्टी लौरो अभियानका शुभचिन्तकले मुढा चुनाव चिन्हमा अत्याधिक मत दिएर विजयी गराउने हामीले निर्णय गरेका छौं,’– उनले भने ।
दलहरुले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र देशमा कुशासन कायमै रहेको उनको भनाइ छ । ‘नेपाली कांग्रेस, एमाले र माओवादी हुँदै अहिले केही नयाँ भनिएका दलसम्म आइपुग्दाखेरी राजनीतिक दलहरुमा देखिएका जो कमिकमजोरी थियो, भ्रष्टाचार, कुसशान थियो । त्यो चिज अहिले पनि घटेको अवस्था छैन,’– प्रवक्ता कार्कीले भने ।
आफूहरुले लौरोलाई स्वतन्त्रहरुको छत्रछायाँ बनाउन चाहेको उनको भनाइ छ । उनले आफूहरु दल भर्सेस स्वतन्त्र उम्मेदवारको लडाइँमा रहेको बताए । अहिलेदेखि नै ०८४ को पनि तयारी सुरु भइसकेको उनको भनाइ छ ।
हाम्रो नेपाली पार्टी, लौरो अभियानका केन्द्रीय सदस्य विनोद बजगाईँले स्वतन्त्रहरुलाई नै साथ दिनुपर्छ भन्ने उद्देश्यले थिगिमलाई नै समर्थन गर्ने निर्णय गरेको बताए ।
त्यसैगरी, अधिवक्ता स्वागत नेपालले हाम्रो नेपाली पार्टी, लौरो अभियानले सही समयमा सही निर्णय गरेको भन्दै प्रसंशा गरे । उनले इलाममा हाम्रो नेपाली पार्टीको धेरै शुभचिन्तक रहेको बताए । हाम्रो नेपाली पार्टीले उम्मेदवार थेगिमलाई दिएको समर्थन कोशेढुङ्गा सावित हुने उनको दाबी छ ।
दलका उम्मेदवारलाई जिताएको खण्डमा संसद्मा आएर थपडी बजाउने भन्दा अरु कुनै काम नहुने उनले बताए । साथै, उनले जातजातिका कुरा गर्नेहरुलाई कुजातको संज्ञा दिए । क्षेत्री, ब्रामणहरुले पनि पहिचानवादी थेगिमलाई मतदान गर्नुपर्ने उनको भनाइ छ । एमाले, कांग्रेस र माओवादीले नेपालीको पहिचानमा धावा बोलेको उनको आरोप छ ।
‘क्षेत्री, ब्रामणहरुले हिजो आमा बुबाको किरिया बसेको बेला किरियापुत्रीको मुखमा मासु कोच्याइदिने यिनै एमाले, कांग्रेस र माओवादी हुन् । यिनीहरुले मेरो पहिचानमाथि धावा बोलेका छन्,’– उनले भने ।
रविविरुद्ध आक्रमक हुँदै अधिवक्ता नेपालले भने, एमाले–कांग्रेसभन्दा पनि ठग, झुठ र चोरी गर्ने दल रास्वपा हो’
काठमाडौं, ११ वैशाख । अधिवक्ता स्वागत नेपालले अहिलेसम्म सरकारमा रहेका र पहिले सरकारमा गएका सबै दल बेग्लाबेग्लै नाम गरेका एउटै दल भएको टिप्पणी गरेका छन् । उनले सबै दलको उद्देश्य एकै भएको पनि बताए । उनीहरुको उद्देश्य चुनावमा सबैभन्दा बढी खर्च गर्ने र उक्त खर्च चुनाव जितेपछि असुल गर्ने रहेको उनको आरोप छ ।
उनले दलहरुको अकर्मण्यतालाई परास्त गर्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको बताए । अधिवक्ता नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘अराष्ट्रिय परतन्त्र पार्टी’ को संज्ञा दिए । रास्वपाका सभापति रवि लामिछाने र उक्त पार्टी इतिहासमा अहिलेसम्मको झुठ र ठग रहेको उनको आरोप छ । एमाले, कांग्रेसले पनि झुठ, ठगी र चोरी गरेका भएपनि रास्वपाले जति नगरेको उनको दाबी छ । उनले गृहमन्त्री लामिछानेलाई ‘सहकारी ठग’ को संज्ञा दिए ।
‘एउटा सहकारी ठगले म ठगलाई कारबाही गर्छु भन्यो । तपाईँहरुले पत्याउनु भयो । एउटा चोरले म चोरलाई पक्राउ गर्छु भन्यो, पत्याउनु भयो । हाम्रो चेली पन्तको हत्यारा म गृहमन्त्री भएपछि तुरुन्तै पत्ता लगाउँछु भन्थ्यो, पत्याउनु भयो । शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाएको बेला त्यो आत्महत्या होईन, हत्या हो । म तुरुन्त पत्ता लगाउँछु भन्थ्यो, पत्याउनु भयो ।’ उनले भने, ‘अहिलेसम्म इतिहासमा सबैभन्दा बढी ठग, झुठ र चोरी गर्ने, त्यो मैले राज्य कोषको चोरी भनेको हो । राज्यकोषको चोरी भनेको हो । सांसदको नाममा तलब भत्ता लिएर पार्टीको खातामा ३० प्रतिशत हाल्ने उहाँहरुले निर्णय गर्नुभयो । त्यो देखादेखि राज्यकोषको चोरी हो, डकैती हो, भ्रष्टाचार हो । यस्तो एमाले, कांग्रेसले पनि गरेको छ । तर, त्यो अराष्ट्रिय परतन्त्र पार्टीले जत्तिको गरेको छैन ।’
पहिचान क्षेत्री, ब्राह्मण, जनजाति, मधेशी सबैको हुने उनको भनाइ छ । अहिलेसम्म हामीले पहिचानलाई गलत ढंगले बुझेको उनको भनाइ छ । सबैको पहिचानको रक्षा हुनुपर्ने उनले बताए । अहिले इलाम–२ को उपनिर्वाचनका सन्दर्भमा थेगिमसँग सबै दलका उम्मेदवार डराइरहेको उनको दाबी छ ।
साथै, उनले अहिलेका गृहमन्त्री लामिछानेलाई ‘ठगहरुको नाइके’ को संज्ञा दिए । लामिछानेविरुद्ध जाहेरी दरखास्त पर्दा पनि राजीनामा नआएकोप्रति उनले आपत्ति जनाए । एमाले, माओवादी, कांग्रेस र रास्वपालाई उनले एकल पहिचानवादी दलको रुपमा टिप्पणी गरे ।
‘अहिलेको गृहमन्त्री ठगहरुको नाइके जसका विरुद्ध जाहेरी दरखास्त नै आउँदा पनि आफूले चाहीँ राजीनामा दिन नपर्ने किनकी उ बाहुन हो ।’ उनले भने, ‘एमालेका शेरबहादुर तामाङज्यू बोली चिप्लिँदा, मिस्टेक भयो भन्दाभन्दै पनि केपी ओलीजीले तुरुन्तै हटाइदिनु भयो । ७० करोडको अडिओ आउँदा पनि यो त संसारको इमानदार भनेर केपी ओलीले बाँस्कोटालाई च्याप्नुभयो । यिनीहरु एकल पहिचानवादी दलहरु हुन् ।’

प्रतिक्रिया दिनुहोस्

Array