सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ बैशाख २०८१, बुधबार
1 Min Read
Aa

काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका –५ मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । जिल्लाको चौरीदेउराली गाउँपालिका –६ कात्तिकेदेउरालीबाट काठमाडौ आउँदैगरेको ना १ ज ६२९१ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।  सुमो सडकबाट करिब ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा सवारी चालकसहित १० यात्रु घाइते भएको र घाइतेमध्ये तीन जना महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ब्यक्तिलाई उपचारका लागि प्राथमिक उपचार केन्द्र कोलाँती पठाइएकोमा केन्द्रले थप उपचारका लागि धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले घाइतेमध्ये सातको अवस्था सामान्य रहेको बताउनुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array