नेपाली चिया भारत निर्यातमा समस्या आएपछि एसटीपीका पदाधिकारी काठमाडौंमा, जिटूजी सहजीकरण गरिदिन सरकारसमक्ष अपिल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ बैशाख २०८१, बुधबार
3 Min Read
Aa

काठमाडौं,  इलामको सूर्योदय नगरपालिकामा रहेको सूर्योदय टी प्रोड्युसर एशोसिएशन (एसटीपी) का पदाधिकारीहरुले भारत चिया निर्याचतमा समस्या आएको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी एशोसिएशनले आफूहरुको समस्या जानकारी गराउँदै राज्यको ध्यानाकार्षण गराएको हो ।  एसटीपीका अध्यक्ष उत्तमकुमार श्रेष्ठले नेपालको चियालाई विषादी रहेको र गुणस्तरमा कमी भएको कारण देखाएर भारतको वेष्ट बङ्गाल सरकारले विभिन्न निर्यातमा विभिन्न प्रोटोकल लागू गरेको बताए । विभिन्न कारण देखाएर भारत सरकारले नेपालको चिया आयत बन्द गर्ने नीति लिएको उनको भनाइ छ । इलाम जिल्लामा उत्पादित चियाको गुणस्तर एकदमै राम्रो रहेको उनको दाबी छ । इलामबाट चोरी निकासी भएर गएको चिया भारतमा पुगेर ब्राण्डेड हुने र इलाममै बनेको चाहीँ विषादी हुने गरेको उनको भनाइ छ ।
एसटीपीका सचिव गोपाल कट्टेलले भारतमा चिया निर्यातमा सीमा समस्या आइरहेको बताए । पछिल्लो समय भारत सरकारले नेपालबाट जाने चियामा विशेष प्रोटोकल लागू गरेको उनले बताए । उनले पछिल्लो समय नेपालको चिया भारतीय बजारमा जान नसकेको भन्दै सरकारको ध्यानाकार्षण गराए । नेपालको चियाको ९५ प्रतिशत बजार भातर रहेको अवस्थामा पछिल्लो समय नेपाली चियालाई निरुत्साहित गर्ने काम भइरहेको बताए ।
भारतमा चिया निर्यातमा देखिएको समस्या जि टू जी वार्ता गरेर समाधान खोजिनुपर्ने उनीहरुको माग छ । सरकारले चिया निर्यातमा आएको समस्या बेलैमा सम्बोधन नगरेको खण्डमा चिया किसान र उद्योगलाई नाकारात्मक असर पर्ने बताए । आज बिहानै यस समस्या प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अवगत गराएको उनले भने । साथै, पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र केपी शर्मा ओलीलाई पनि जानकारी गराइएको उनले बताए ।
एसटीपीका उपाध्यक्ष अग्निन्द गिरीले चियाको सिजन सुरु हुँदै गर्दा किसान र उद्योगहरु मागमा पर्ने अवस्था आइपरेको बताए । नेपालमा उत्पादित चिया ९५ प्रतिशत भारतमा निर्भर रहेको उनले बताए । भारतले नेपालको चिया लैजादा पहिला–पहिला एक वर्षमा एक पटक चेक गरेर चिया लाने नियम लागू गरेको उनले स्मरण गराए । अहिले आएर प्रत्येक गाडीको चिया टेस्टका लागि नमूना पठाएर पास भएपछि मात्रै लाने गरेको उनले बताए । टेस्टका लागि लगेको नमुनाको रिपोर्ट १५÷२० दिनमा आउँदा आफूहरुलाई घाटा भएको उनले बताए । केही समयअघिसम्म तीन एक पटक टेस्ट गरेपछि तीन महिनासम्म चिया लग्ने नियम रहेको स्मरण गराउँदै उनले ६÷६ महिनामा टेस्ट गरेर चिया निर्यात गर्न सकिने वातावरण निर्माण गरिदिन सरकारको ध्यानाकार्षण गराए । उनले चिया वगानहरुमा विषदी पूर्णरुपमा नियन्त्रण भइसकेको उनले दाबी गरे ।
साथै, व्यवसायी सुजन ढुङ्गेलले राज्यले देशको उत्पादनलाई प्रोत्सहान गर्नुपर्ने बताए । नेपाली चियालाई सरल तरिकाले निर्यात हुने वातावरण बनाइदिन उनले सरकारको ध्यानाकार्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

Array