मनमैजु अजिमा जात्राको चौथो दिन आज मनमैजु युवा समुहको आयोजनामा मनमैजु मन्दीर परिसमा दिँउसो भव्य कन्सर्ट हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ बैशाख २०८१, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । मनमैजु अजिमा जात्राको आज चौथो दिन मनमैजु युवा समुहको आयोजनामा दिँउसो तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत मनमैजु मन्दीर परिसरमा ११ औं बृहत सांस्कृतिक तथा कन्सर्ट कार्यक्रम हुंदैछ ।
मनमैजु जात्राको अवसरमा हुन गइरहेको सांस्कृतिक तथा कन्सर्ट कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती रहेको मनमैजु युवा समुहका अध्यक्ष हिरा महर्जनले बताउनुभयो । मनमैजु मन्दीर परिसरमा हुन गइरहेको कन्सर्ट कार्यक्रममा प्रवेश निशुल्क रहेको अध्यक्ष महर्जनले बताउनुभयो । दिउँसो १२ बजे पछि हुने कन्सर्टको लागि सम्पुर्ण तयारी पुरा भएको मनमैजु युवा समुहले जनाएको छ ।
कन्सर्टमा विशेष प्रस्तुती अनुप रास्थाको रहने छ भने संघर्ष व्याण्ड र द आस्तत्र व्याण्डको विशेष प्रस्तुती हुने छ । कार्यक्रममा निस्मा देशराज, रोजमान महर्जन, नेवारी र्यापर मिनुस लगायत दर्जनौं कलाकारहरुको प्रस्तुती रहनेछ । कार्यक्रमको होस्ट वालकलाकारद्धय कृष्मा महर्जन र सुसान्की महर्जन सहित सुनिल महर्जनले गर्ने छन् ।
कन्सर्ट कार्यक्रमलाई तारकेश्वर नगरपालिका तथा वडा न ९ र १० सहित बिभिन्न संघ, संस्था र दाताहरुको सहयोग रहेको आयोजकहरुले बताएका छन् । कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन सहित नगरपालिकाका जनप्रतिनिधिहरु, व्यवसायी, सामाजिक अभियन्ताहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायतलाई आमन्त्रण गरिएको समुहका अध्यक्ष महर्जनले बताउनुभयो ।
कार्यक्रममा यस पटक तारकेश्वरका बिभिन्न विद्यालयका वालबालिकाहरुको समेत प्रस्तुती रहने छ । कार्यक्रममा सहभागी भएर मनोरञ्जन लिनका निम्ती मनमैजु युवा समुहले सबैलाई अनुरोध समेत गरेको छ । कन्सर्ट कार्यक्रमको मनमैजु युवा समाजको फेसबुक पेज तथा सगरमाथा पोष्ट डट कमको अफिसियल पेजबाट प्रत्यक्ष हेर्न सकिने छ ।
मनमैजु युवा समुह तारकेश्वरमा सामाजिक र परोपकारी कार्यमा अग्रणी संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । संस्थाले भुकम्प र कोरना महामारीको समयमा समेत बिभिन्न परोपकारी कामहरु गरेको थियो ।

May be an image of ‎8 people, violin, flute and ‎text that says '‎عور मात्ेड मनमैजु युवा समूहुको 제T TOTE कनमटो ۹٩ ओं बृहत सांस्कूतिक तथा कनसर्ट कार्यक्रम Πτα 25 APR Neesha Deshar jDavid DjDavidRoshan Roshan Roj RojManMaharjan Man Maharjan बैशाख Niva dangol MINUS (RAPPER) SPECIAL PERFORMANCEBY BY ANUPR ANUPRASTHA ΛΣΤΗ Ravi Ravirimal rimal THE THEASTRABAND ASTRA BAND मिति :२०८वैश।सव3गसे,वि्ीवार ၃၀၀9 वैशास 93 गते, बिहीबार समय बिहान ११बजे बजे देस स्शान ता.न.पा-०९, काठमाडो (अजिमा मनि्दिरळो प्राखमुणमा) PROGRAM PROGRAMHOST HOST PROGRA PROGRAM HOST Sponsored by: SANGHARSHA BAND Sound partner: Media partner सबरनावा DtC‎'‎‎

No photo description available.

प्रतिक्रिया दिनुहोस्

Array