यि हुन पुग्नैपर्ने शिवपुरीका तिन झरना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ बैशाख २०८१, बिहीबार
6 Min Read
Aa

सरोज थपलिया । नुवाकोट । नुवाकोट जिल्लाको १२ स्थानीय तह मध्य धार्मीक, एतिहाँसीक र पर्यटकीय महत्व बोकेको गाउँपालिका हो शिवपुरी गाउँपालिका । गाउँपालिकाको केन्द्र जिल्लाको सदरमुकाम विदुर देखि ३० कि.मी. र राजधानी काठमाण्डौ देखि ४० कि.मी. को सडकको दुरीमा रहेको छ । गाउँपालिकाको पूर्वमा सिन्धुपाल्चोक जिल्ला, पश्चिममा पञ्चकन्या, लिखु र ककनी गाउँपालिका, उत्तरमा पञ्चकन्या र दुप्चेश्वर गाउँपालिका र दक्षिणमा शिवपुरी राष्ट्रिय निकुञ्ज पर्दछ ।
परापूर्वकालमा भगवान शिवको क्रिडास्थलको रुपमा रहेको र पवित्र मानिएको यस भूमिमा भगवान शिवको आराधना र तपस्याको लागि ऋषि महर्षि र तपस्वीहरु आउने गरेको जनविश्वास रहेको छ । भगवान शिवको बसोवास गरेको क्षेत्रका रुपमा धार्मिक महत्व रहेको यस क्षेत्रलाई शिवपुरी भनिने गरिएको थियो । यसै शिवपुरी शब्दबाट नै गाउँपालिकाको नाम शिवपुरी रहन गएको हो । यस गाउँपालिका शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको मात्र नभई नुवाकोट जिल्लाको ऐतिहासिक तथा धार्मिक रुपले महत्वपूर्ण भूमिको रुपमा रहेको छ ।
शिवपुरी गाउँपालिका भित्र पर्यटकीय क्षेत्र सुइरेको चौर (जुन शिवपुरी गाउँपालिका वडा नं ७ मा पर्दछ ), शिवपुरी १ को चिसापानी क्षेत्र देखि झरना र पदमार्गहरु ( हाइकीङ) पनि प्रसस्त रहेका छन् भने थानापति मन्दीर देखि धेरै धार्मीक तिर्थस्थलहरु पनि शिवपुरी गाउँपालिका भित्रनै रहेका छन् ।
शिवपुरी गाउँपालिका भित्र रहेका धेरै धार्मीक, एतिहाँसीक र पर्यटकीय क्षेत्रहरु मध्य आज हामी तपाँईहरुलाई शिवपुरी गाउँपालिका भित्रका झरनाहरुका बारेमा जानकारी दिन गइरहेका छौं । शिवपुरी गाँउपालिका भित्र रहेका दर्जनौं झरनाहरु मध्य मुख्य त ३ वटा झरनाका बारेमा यहाँ जानकारी दिन गइरहेका छौं । ति हुन शिवपुरी गाउँपालिका वडा नं ८ स्थीत लौके झर्ना (ठुलो छहरे), शिवपुरी ६ स्थीत गुर्जे झरना र शिवपुरी ३ र ४ स्थीत लखिनस्वरी झरना ।
लौके झर्ना (ठुलो छहरे )
यो झरना शिवपुरी गाउँपालिका वडा नं ८ थानापति र ककनी गाउँपालिका वडा नं ५ को सिमानामा पर्दछ । झरनाको लम्बाई करिव १२० मीटर रहेको छ । यो झरनासंगै अर्काे सानो झरना पनि रहेको छ । स्थानीयले यि झरनालाई ठुलो छहरे र सानो छहरे झरना पनि भन्ने गरेका छन् । ठुलो छहरे झरना लौकाको जस्तै आकृतिमा रहेकाले स्थानीयहरुले यस झरनालाई लौके झरना पनि भन्दै आएको बताँउछन् । यो लौके झरना साहसीक खेल क्यानोनीयङको लागि पनि उपयुक्त झरना मानिन्छ । पर्यटकीय महत्व बोकेको यस झरना प्रचारप्रसारको अभाबमा ओझेलमा परेको छ । दुई वटा गाउँपालिकाको सिमानामा पर्ने यस झरनालाई प्रचारप्रसार गदै पर्यटक भित्र्याउने लक्ष्य सहित शिवपुरी गाउँपालिकाले झरनाको प्रबद्र्धनमा जुटेको छ । गाउँपालिकाका अध्यक्ष गोबिन्द प्रसाद थपलिया पर्यटन व्यवसायी समेत रहनुभएकाले लाउके झरना सहित शिवपुरीका अन्य झरनाहरुको प्रचारप्रसार गदै पर्यटकलाई आर्कषण गराउने अभियानमा हुनुहुन्छ ।
यसै क्रममा गाउँपालिकाका अध्यक्ष थपलियाको पहलमा जिबिकोपार्जन पुनरूत्थानका लागि दिगो पयर्टन परियोजना sustainable Tourism For livelihood Recovery Project (STLRP,NTB,UNDP) परियोजना र शिवपुरी गाउँपालिका बिच लाउके झरनालाई प्रबद्र्धन गर्न सम्झौता भएको छ । सम्झौता पछि लाउके झरना सम्म जाने पैदल मार्ग र प्रतीक्षालय निर्माणको काम सम्पन्न भइसकेको छ ।
अध्यक्ष थपलियाले आफ्नो गाउँपालिका भित्रका यस्ता पर्यटकीय संभावना भएका सम्पदाहरुको क्रमिक बिकास गरि शिवपुरी गाउँपालिका पर्यटकीय स्थलको रूपमा बिकास गर्न लागिएको बताउनुभयो । समृद्ध शिवपुरी अभियानलाई सफल पार्नका लागि शिवपुरी गाउँपालिका भित्र लुकेर रहेको प्राकृतिक सम्पदालाई संरक्षण तथा बिकास गरि आफ्नो गाउँपालिकालाई नमुना बनाउने योजनामा लागेको अध्यक्ष थपलिया बताउनुहुन्छ । शिवपुरी गाउँपालिका अध्यक्ष गोबिन्द प्रसाद थपलियाबाट बिकास निर्माणका लागी गाउँपालिकाबाट रकम अभाव हुँदाहुदै पनि आफ्नो ब्यक्तिगत पहलमा बिभिन्न विद्यालय को शौचालयहरु निर्माण देखि विभिन्न बिकास निर्माण कार्य गर्नु उहाँको बिकासप्रतीको चाहना प्रतिबिम्बित हुन्छ ।

लखिनस्वरी झरना
नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ३ र ४ को संगम स्थलमा प्राकृतिक छटाले भरिपुर्ण लखिन्स्वर झरना छहरे टोखा बाटो गुर्जेभञ्ज्याङ् देखि करिब १२ किलोमीटरको दुरीमा सिक्रे हुदै पुग्न सकिने छ । यस झरनामा पैदल तथा सवारी साधानबाट पनि पुग्न सकिन्छ । यो झरना राजधानी काठमाडौबाट शिवपुरीको सबैभन्दा नजिकको झर्ना हो । यहाँ झरना मात्रै होइन लखिनस्वरी मन्दिर पनि नजिकै दर्शन गर्न सकिन्छ । यहाँ दर्शन गर्दा मागेको कामना पुर्णहुने भक्तजनको बिश्वासका कारण लखिनस्वर दर्शन गर्न आउने गरेका शिवपुरी –४ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ बताउनु हुन्छ । लखिनस्वरी झरना साच्चै एक पटक पुग्नै पर्ने झरना पनि हो । यो झरना साच्चै प्राकृतिक आनन्द र शान्त वातावरण रहेको छ । कामको तनावबाट एकै छिन मुक्त भई आनन्द प्राप्त गर्न पनि यो झरना जानै पर्ने एक महत्वपुर्ण गन्तव्य हो ।
गुर्जे झरना
शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अबस्थित गुर्जे झर्ना काठमाडौ सिमानाबाट करिब ४ किलोमीटर को दुरीमा रहेको छ । गुर्जे प्रहरी बिट बाट नजिक अबस्थित यस झर्ना शिवपुरी ६ तर्फबाट पुग्न सकिन्छ । मोटर बाटोको पहुँच रहेको यस झर्ना मा करिब १० मिनेटको पैदल यात्रा पछी पुग्न सकिन्छ । राजधानी बासीको सबै भन्दा नजिक रहेको यो झरना रमणीय आनन्द दायी झरना पनि हो । राजधानी काठमाडौबाट ज्यादै छोटो दुरी अनि पक्की सडक मार्गको पहुच रहेको गुर्जे झर्नामा मनमोहक र आर्कषक रहेकाले धेरैको रोजाई पनि रहने गरेको छ ।प्राकृतिक श्रोत तथा भु उपयोग प्राकृतिक श्रोतको अवस्था हेर्दा प्रशस्त कृषियोग्य जमिन रहेको यस गाउँपालिकाको कुल क्षेत्रफल १०१.५ व.कि.मि. मध्ये ६७.७७% कृषियोग्य जमिन र १७.७४% वनजंगल रहेको छ । त्यसै गरी पानीले ओगटेको भाग ०.१४ तथा चट्टानी भाग १५.६१% रहेको देखिन्छ ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्