बेलिबृज समुद्‍घाटन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ,  आज मिति २०८१ वैशाख १६ गते धादिङ जिल्ला खनियावास र नेत्रावती दवजोङ्ग गाउँपालिकाको सिमानामा रहेको किम्ताङ्ग खोलामा नेपाली सेनाद्वारा निर्मित बेलिबृजको प्रतिनिधि सभा सदस्य माननीय श्री रामनाथ अधिकारी तथा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले संयुक्त रूपमा समुद्‍घाटन गर्नु भएको छ ।

 धादिङ जिल्लाको खनियावास गाउँपालिका र नेत्रावती दवजोङ्ग गाउँपालिकाको सिमानामा रहेको किम्ताङ्ग खोलामा पक्की पुल नभएको कारण वर्षायाममा धादिङ जिल्लाको उत्तरी क्षेत्रका रुवी भ्याली, गंगा जमुना, खनियावास र नेत्रावत्री दवजोङ्ग गाउँपालिकाहरुमा आवतजावतमा कठिनाइ रहेकोले नुवाकोटस्थित त्रिशूली हाइड्रोपावरद्वारा निर्मित र हाल प्रयोग विहीन बेलिबृजलाई नेपाली सेनाले उक्त स्थानमा जडान गरेको हो । पुल निर्माणसँगै करिव ६० हजार स्थानीय लाभान्वित हुनेछन् । नवनिर्मित बेलीबृजको लम्बाई ४२.६७ मिटर, चौडाइ ४.२ मिटर तथा अधिकतम भार वहन क्षमता ३० टन रहेको छ ।

 उद्‍घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्यद्वय माननीय श्री बुद्धिमान तामाङ्ग र माननीय श्री बिना लामा, प्रदेश सभा सदस्यद्वय माननीय श्री डम्बर बहादुर तामाङ्ग र माननीय श्री गोविन्द बहादुर लम्साल, पूर्व राज्य मन्त्री श्री दिलमान पाख्रिन, जनप्रतिनिधिहरू, नेपाली सेनाका रथीवृन्द, अधिकृत, सञ्चारकर्मीहरु लगायत उल्लेख्य सङ्ख्यामा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array