इलाम क्षेत्र नं २ मा क्षेत्रमा नेकपा (एमाले)को अग्रता कायमै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुुहाङ नेम्बाङको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार उहाँले ८ हजार ८ सय ९८ मत प्राप्त गर्नुभएको छ ।यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ६ हजार २ सय ८० मत प्राप्त गर्नुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ४हजार ६सय३४ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार ३ सय ५ मत प्राप्त गर्नुभएको छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array