अपहरण तथा शरीर बन्धक गर्न संलग्न दुई जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ बैशाख २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं, अपहरण तथा शरीर बन्धक गर्न संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने सर्लाही मलंगवा नगरपालिका-३ घर भएका २५ वर्षीय अजिम अली र सोही नगरपालिका-७ बस्ने २५ वर्षीय एमडि सनी अलाही रहेका छन् ।सप्तरी राजविराज नगरपालिका-१३ बस्ने पुरूष अपहरणमा परेको र मुक्त हुन ४ लाख ८० हजार दिनुपर्ने भन्दै  सोमबार साँझ प्राप्त सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पीडितको उद्धार गर्नुका साथै दुवै जना अभियुक्तलाई पक्राउ गरेको हो ।

पीडित कतारबाट फर्किदा अजिमका आफन्तले पठाएको २५ ग्राम सुन अजिमले नपाई अर्कै व्यक्तिलर सुन लगेको भन्दै अजिमले आफ्नो डेरामा जबरजस्ती लगि कुटपिट गर्नुका साथै पीडितको श्रीमतीलाई ४ लाख ८० हजार दिए पश्चात मात्र छाड्ने भनि विभिन्न किसिमका डर/त्रास तथा धाक धम्की दिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । May be an image of ticket stub and text

प्रतिक्रिया दिनुहोस्

Array