विभिन्न मन्त्रालयका ६ जना सचिवहरूको सरुवा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ बैशाख २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ । सरकारले ६ जना सचिवको सरुवा गरेको छ । बिहीबार (वैशाख २०) गते बसेको बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी गराइन् । उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेश प्रसाद पाण्डेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै, डा. गोविन्द प्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ । उनी कृषि तथा पशुपन्छि मन्त्रालयमा कार्यरत थिए । वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ । पशुपन्छीका रेवतीरमण पौडेललाई कृषि विकास सचिवको जिम्मा दिइएको छ । त्यस्तै, लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको उनले बताइन् ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array