अर्को व्यक्तिको नाममा बैंक खाता खोल्न लगाई २१९ जनालाई ठगी गर्ने गिरोह पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ बैशाख २०८१, शुक्रबार
2 Min Read
Aa
काठमाडौँ । “वैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भनि आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई २१९ जनालाई ठगी गर्ने गिरोह पक्राउ”
Neem Educational Consultancy संचालक दिपक तामाङले अध्ययनको लागि जापान लगायतका देशहरुमा जाने विद्यार्थीहरुलाई परामर्श दिई विदेश पठाउने कार्य गर्दै आइरहेकोमा सामाजिक सञ्जाल फेसबुकमा नियोनी एजुकेसन प्रा.लि. (Niyoni Education Pvt.Ltd.) बाट जापान जानको लागि अवसर रहेको विज्ञापन पोष्ट गरेको देखि विज्ञापनमा रहेको सम्पर्क नम्बरमा सम्पर्क गर्दा मलाई काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २९ पुतलीसडकको कार्यालयमा नै सम्पर्क गर्न आउनु भनेकोले म काठमाडौंको पुतलीसडक स्थित नियोनी एजुकेसन प्रा.लि.मा पुग्दा आफूलाई रमेश नाम बताउने व्यक्तिले जापानमा रहेको International University Health and Welfare मा विधार्थीहरु माग भएको छ भनि विभिन्न तवरले विश्वास दिलाएको हुँदा मैले मसँग रहेका विद्यार्थीहरु सम्पर्क गराएको थिएँ । केहि समयपछि COE (Certificate of Eligibility) Letter आइसकेको छ भनि जापानमा रहेको कलेजमा शुल्क बुझाउनको लागि लाग्ने रकम नारायण बहादुर राईको नाममा रहेको सानिमा बैंकको खातामा र पर्वराज भन्ने ईश्वरी पाण्डेको कामना विकाश बैंकको खातामा रकम पठाउन लगाई ठगी गरेको भन्ने समेतको व्यहोराको यस कार्यालयमा २०८०।१२।०४ मा निवेदन पर्न आएकोमा अनुसन्धान जारी रहंदै गर्दा जिल्ला उदयपुर डुम्रे-४ घर हुने नारायण बहादुर राई र बाजुरा घर हुने पर्व राज पाण्डे समेतको नाममा वैदेशिक रोजगार विभागबाट पक्राउ पूर्जी समेत जारी भई आएकोमा अनुसन्धान गर्दा नारायण बहादुर राईको नागरिकता दुरुपयोग गरी राजन श्रेष्ठले र पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरी ईश्वरी पाण्डेले विदेशमा जान चाहने युवायुवतीहरुलाई ठगी गरेको देखिएकोमा निजहरुलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०१।२० गते पक्राउ गरी आवश्यक कार्वाहीको लागी वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको ।
Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array