काठमाडौं , काठमाडौं महानगरपालिकाले निस्शुल्क लोक सेवा तयारी कक्षाहरू सञ्चालन गर्ने भएको छ । महानगरले शुक्रबार एक सूचनामार्फत निःशुल्क लोक सेवा तयारी कक्षामा सहभागी हुन आवेदनका लागि आह्वान गरेको हो । महानगरको सामाजिक विकास विभागको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत लोक सेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको हो । तयारी कक्षामा काठमाडौं महानगरवासी मात्र सहभागी हुन पाउनेछन् । महानगरले आवश्यक कागजातसहित सात दिनभित्र विभागमा आवेदन पेस गर्न भनेको छ ।
काठमाडौं महानगरपालिकाले निस्शुल्क लोक सेवा तयारी कक्षाहरू सञ्चालन गर्ने


प्रतिक्रिया दिनुहोस्