काठमाडौँका विभिन्न स्थानमा भोलीबाट विद्युत् अवरुद्ध हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ बैशाख २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौँ, काठमाडौँका विभिन्न स्थानमा भोलीबाट  विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । शनिवार गोरखापत्रमा सूचना जारी गर्दे प्राधिकरणले कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो ।  यी क्षेत्रहरूमा वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

प्रतिक्रिया दिनुहोस्

Array