धुलिखेल नगरपालिका–११ पात्लेखेतमा इलेक्ट्रिक भ्यान दुर्घटना हुँदा छ यात्रु घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ बैशाख २०८१, शनिबार
1 Min Read
Aa

धुलिखेल, बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका–११ पात्लेखेतमा इलेक्ट्रिक भ्यान दुर्घटना हुँदा छ यात्रु घाइते भएका छन् । रामेछापको मन्थलीबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ५२५ नम्बरको इलेक्ट्रिक भ्यान शनिबार दिउँसो आफै अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले उक्त भ्यान सडकबाट अन्दाजी २५ मिटर तल खसेको जनाएको छ । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा भ्यानको छतमा ल्याएको एउटा खसी मरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि भ्यानका चालक रामेछाप नगरपालिका– बस्ने ४८ वर्षीय मीनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array