तारकेश्वर नगरस्वास्थ्य शाखाले बैशाख २९ गते लोकतान्त्रीक चोकमा रक्तदान कार्यक्रम गर्नेे

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ बैशाख २०८१, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । बैशाख २७ । तारकेश्वर नगरपालिकाको नगरस्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा तारकेश्वर नगरपालिका वडा नं १० स्थीत लोकतान्त्रीक चोकमा रक्तदान कार्यक्रम हुने भएको छ ।
नगरस्वास्थ्य शाखाको आयोजनामा यहि बैशाख २९ गते शनिबार बिहान ११ बजे देखि ३ बजे सम्म रक्तदान कार्यक्रम आयोजना गरिएको तारकेश्वर नगर स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाहले जानकारी दिनुभयो । शाहका अनुसार नगर स्वास्थ्य शाखाको कार्यक्रम अन्तर्गत तारकेश्वरका ११ वटै वडाहरुमा यस्ता रक्तदान कार्यक्रम आयोजना गरिनेछ । शाखाको आयोजनामा तारकेश्वरका वडा नं २,४ र ११ मा रक्तदान कार्यक्रम सम्पन्न भइसकेको छ । उक्त वडाहरुमा एक सय पिन रगत संकलन भएको तारकेश्वर नगरस्वास्थ्य शाखाका अधिकृत गणेश कुंवरले बताउनुभयो ।
तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राईले सुचना प्रकाशन गदै बैशाख २९ गते तारकेश्वर १० को लोकतान्त्रीक चोकमा आयोजना हुने रक्तदान कार्यक्रममा सहभागी हुन सम्पुर्ण वडाबासीहरुलाई आग्रह गर्नुभयो । गत बर्ष लोकतान्त्रीक चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० जना भन्दा बढी रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई तारकेश्वर नगरपालिकाको तर्फबाट प्रमाणपत्र प्रदान गरिने नगरस्वास्थ्य शाखाले जनाएको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको पहलमा गत बर्ष तारकेश्वर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बिच नगरवासीहरुलाई निशुल्क रगत उपलव्ध गराउने सम्बन्धी सम्झौता भएको थियो । सम्झौता पछि तारकेश्वर नगरपालिकाका स्थायीबासीहरुले नेपाल रेडक्रस सोसाइटीको ब्लड बैक बाट रगत लिंदामा कुनै शुल्क तिनुपदैन् । रेडक्रसले सबै बिरामीहरुलाई निशुल्क रगत उपलव्ध गराएपनि रगतको क्रसम्याच लगायतको लागि भने शुल्क लिने गरेको छ । तारकेश्वर नगरपालिकासंगको सम्झौता पछि रेडक्रसले तारकेश्वर नगरपालिकाका स्थायीबासी नागरिकहरुले उपचारका लागि रगत लिंदामा शुल्क भने लिने छैन् ।

May be an image of text that says '"पदिचान अपनत्य अधिकार: तारकेश्वर नगरपालिका नावकवन नगवदावका नं. वडा कार्यालय प.सं.: 050/059 सूंचना बागमती प्रदेश, नेपाल मिती: ने.स ११४४चैलागा ३०,बुधबार देपाल सूचना! विषय: रक्तदान कार्यक्रम सम्बन्दमा। उपरोक्त सम्बन्धमा यस तारकेश्वर नगरपालिका नगर स्वास्थ् शाखा शहरी स्वास्थ् केन्द्र ၇၀ संयुक्त आयोजनामा तपशिलको मिति समय स्थानमा बृहत निःशुल्क रक्तदान शिवर सज्चालन हुने भएकोले सम्पूर्ण वडाबासी उपभोक्ता तथा टोल सुधार समुह,युवा क्लव एवं सरोकारवाला व्यक्तिहरू रक्तदान जीवनदान. जस्तो पुण्य काममा सहभागिता भइदिनुहुन यसै सूचना मार्फत आग्रह गरिनछ तपशिल: मिति: ನೆಂದತಿ बैशाख २९ गते शनिबार समय: बिहान 99:00 वजे देखि ၃ူး၀၀ बजे सम्म स्थान :लोकतान्तिक चोक वडा नं.१०,शिवमन्दिर परिसर कुमार राई वडा अध्यक्ष'

May be a graphic of map and text that says 'វុន្កំក្រ្រងនកតាកវាលាមិម रवেरी MIS ককা மக்க்க்ம்ள்ம் MUNIC 個新動」 अधिकार: दिमो तारकेश्वर नगरपालिका तावकवन नगवगालका नगर कार्यपालिकाको कार्यालय धर्मस्थर्ल काठमाण्डौं "बृहत नि:शुल्क रक्तदान शिवीर" "रक्तदान जिवनदान" I= Lu सतरकेशकर बमरणालिका ర్ాయకకదక "Give Blood, Blood,Save ,Save Life" मिति:-बैशाख मिती:- -बैशाख २९ गते शनिबार, शनिबार,२०८१ २०८१ समय:- समय:-बिहान -बिहान ११ बजे देखी दिउँसो ३ बजे सम्म स्थान: लोकतान्त्रिक चोक वडा नं- -१० शिव मन्दिर मनमैजु आयोजक:- तारकेश्वर नगरपालिका नगर स्वास्थ्य शाखा शहरी स्वास्थ्य केनद्र-१० १०'

प्रतिक्रिया दिनुहोस्

Array