नेपाल प्रहरीका डिआइजी जोशी र ढकाल एआइजीमा बढुवा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ बैशाख २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं, वैशाख २८ गते। सरकारले प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जोशी र ढकाललाई बढुवा र नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो।

त्यसैगरी सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरेर ४२ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ।

प्रवक्ता शर्माका अनुसार समाजकल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई मनोनयन गरिएको छ भने रिक्त रहेको भाषा आयोगको सदस्यमा सुरेश मानन्धर नियुक्त हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

Array