नेपाली नक्कली नोट सहित बिराटनगरमा १ महिला पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ बैशाख २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौं । नक्कली नोट सहित बिराटनगरबाट एक महिला पक्राउ परेकी छन् । मोरङको रङगेली नगरपालिका नं ९ दोहमनाबाट नेपाली नक्कली नोट सुनवर्सी नगरपालिका(५ टकुवाकी ४० बर्षीया कुरेसा खातुनलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा नक्कली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले ५ सय दरका १८ थान नौं हजार नेपाली नक्कली नोट सहित उनलाई पक्राउ गरेको हो । नेपाली नक्कली नोट सहित पक्राउ परेकी खातुनको सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले उपलव्ध गराएको प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array