रबिन थपलिया । काठमाण्डौं । साउन २६। । थानापति सेवा समाजको १० औं बार्षिक साधारण सभा तथा महाधिवेशनले केदारनाथ पाठकको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । राजनीति हुंदै योगको क्षेत्रमा लाग्नुभएका पाठक सामुदायिक सेवा समाज गोंगबुका अध्यक्ष समेत हुनुहुन्छ ।
काठमाण्डौंको गोंगबु महादेवटारमा आज आयोजीत साधारणसभाले समाजको उपाध्यक्षमा सरोज पाण्डे र हरि प्रसाद सिटौला, महासचिबमा परुसताम थपलिया, सचिबमा सुवासराज पाण्डे, सहसचिबमा जनकराज कंडेल र कोषाध्यक्षमा बद्री प्रसाद खकुरेललाई चयन गरेको छ ।
त्यस्तै समाजको साधारणसभाले दुई महिला सहित १० जना सदस्यहरु समेत चयन गरेको छ । जस अनुसार सदस्यहरुमा केशव रिजाल, रामप्रसाद पुडासैनी रमेश पाण्डे, दिपक थपलिया, महेश थपलिया, राजेन्द्र पाण्डे, राजु बराम, पार्वती थपलिया, चन्दा खकुरेल र शन्तोष सिलवाल चयन भएको निर्वाचन समितिका संयोजक प्रेम सिलवालले बताउनुभयो ।
निर्वाचीत कार्यसमितिको कार्यकाल दुई बर्षको रहेको छ । कार्यक्रममा शिवपुरी गाँउपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलिया सहित समाजका आजिवन सदस्यहरु, पुर्व पदाधीकारीहरु लगायतको उपस्थीति रहेको थियो ।
करिब ३ सय आजीब सदस्य रहेको संस्थाको पदाधीकारीमा रहेर काम गर्नका लागि अनिवार्य एक कार्यकाल केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्थाले संस्थामा नयाँ नेतृत्व आउनबाट रोकिएको भन्दै आजिबन सदस्यहरुलेनै असन्तुष्टी व्यक्त गरेका छन् ।
थानापति सेवा समाजमा केदारनाथ पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन


प्रतिक्रिया दिनुहोस्