रबिन थपलिया । काठमाण्डौं । असोज १२ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं पेशागत तथा बुद्धिजिबी विभाग प्रमुख डा.डिला संग्रौला देशैभरको बाढि र पहिरोको विपत्तिबाट नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारसंग जोडदार माग गर्नुभएको छ ।
डा. संगौलाले आज विज्ञप्ती प्रकाशीत गदै यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरूले आफ्नो शक्ति त्यसतर्फ केन्द्रीत गर्न जोडदार माग गर्नुभएको छ ।
डा संगौलाले तीनवटै तहका सरकारहरुले सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न माग गर्दछु ।
डा संगौलाले विज्ञप्ती मार्फत भन्नुभएको छ “प्राकृतिक प्रकोपमा जीवन गुमाउनु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ”
प्रेस विज्ञप्ति
निरन्तरको बर्षाका कारण देशको अधिकांश भू–भाग बाढी, पहिरो र डुवानमा परेको छ । दर्जनौं सडकहरुमा पहिरो खस्दा अवरुद्ध छ भने हवाइ उडानहरु प्रभावित छन् । जसका कारण देशले ठूलो जनधनको क्षति व्यहोरिरहेको छ । बाढी र पहिरो पनि अझै जारी छ । यस्तो दुःखद घटनाले अत्यन्तै मर्माहत र पीडावोद गराएको छ । यस्तो प्राकृतिक विपदमा परी दर्जनौं व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको ठूलो क्षति भएको भएको समाचारहरु आइरहेका छन् । मानिसहरु वेपत्ता र घरवारविहिन भई विस्थापित हुनका साथै सयौं व्यक्तिहरू घाइते भएका छन् । सम्पूर्ण पीडितहरूको यो संवेदनशीलताप्रति नेपाली कांग्रेसको तर्फबाट सहानुभूति प्रकट गर्दै यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । उद्धारको पर्खाइमा रहेका प्रभावितहरु अझैसम्म पनि सरकारको उपस्थिति नभएकोप्रति दुखित छन् ।
यस्तो गम्भीर प्राकृतिक विपत्तिको चपेटाबाट नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जोडदार माग गर्दछु । यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरूले आफ्नो शक्ति त्यसतर्फ केन्द्रीत गर्न जोडदार माग गर्दछु । साथै देश विदेशमा रहनुभएको सम्पूर्ण मककारी नेपालीहरु राहत जुटाउन र उद्धारमा खटिन पनि आग्रह गर्दछु ।
तीनवटै तहका सरकारहरुले सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न माग गर्दछु । अन्त्यमा, प्राकृतिक प्रकोपमा जीवन गुमाउनु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । जय नेपाल ।
डा.डिला संग्रौला
केन्द्रीय सदस्य
एवम
विभागीय प्रमुख
पेशागत तथा बुद्धिजिवी विभाग
नेपाली कांग्रेस


प्रतिक्रिया दिनुहोस्