काठमाण्डौं । तारकेश्वर नगरप्रमुखले कार्यकक्षमा बोलाएर खेलाडीलाई सम्मान गर्नुभएको छ । विश्वका उत्कृष्ट खेलाडीहरुको मोरोक्कोमा सम्पन्न डब्लु केएफ कराते १ प्रिमियर लिगमा कराते खेलको कुमिते विधातर्फ नेपालको प्रतिनिधित्व गर्दै महिला ६८ के.जी. माथि तौल समुहमा सहभागी भई कास्य पदक बिजेता एरिका गुरुङ लाई तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्ण हरि महर्जनले कार्यकक्षमा सम्मान गर्नुभयो । उप–प्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य, नगर खेलकुद बिकासका अध्यक्ष बिक्रम खड्की र सदस्यहरुको उपस्थिति रहेको थियो ।
तारकेश्वर नगरप्रमुखले कार्यकक्षमा बोलाएर खेलाडीलाई सम्मान गरे


प्रतिक्रिया दिनुहोस्