देशका मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक

Sagarmatha Post
Sagarmatha Post ४ आश्विन २०८२, शनिबार
0 Min Read
Aa

देशका मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । शुक्रबार रातिदेखि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन कठिनाइ भएको छ । यात्रुहरु रातिदेखि नै अलपत्र परेका छन् ।बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायात मन्त्री कुलमान घिसिङले छलफल गरिरहेका छन् । सरोकारवालले बैठकमा सडकको अवस्थाबारे जानकारी गराएका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्