मन्त्री बन्ने सूचीबाट डा.संगीता कौशल मिश्रको नाम काटियो

Sagarmatha Post
Sagarmatha Post ६ आश्विन २०८२, सोमबार
1 Min Read
Aa

मन्त्री बन्ने सूचीबाट डा.संगीता कौशल मिश्रको नाम काटिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्य तथ्या जनसंख्या मन्त्रीका लागि सिफारिस गरी पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्।

तर मिश्रको नागरिकता विवाद र अनियमिततासम्बन्धी विषय गम्भीरतापूर्वक उठेपछि आज बिहानै उनको नाम काटेर पुनस् चार जनाको नामसूची राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पठाइएको हो। आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेलले मात्र शपथ खाने छन्। शपथ समारोह दिउँसो २ बजे शीतल निवासमा हुँदै छ। ‘अहिलेलाई स्वास्थ्यमन्त्री पद खाली नै राखिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्