उद्योग मन्त्री सिन्हाद्वारा पद बहाली, पुनः निर्माणमा देशमै उत्पादित सामाग्रीको प्रयोग गर्न निर्देशन

Sagarmatha Post
Sagarmatha Post ६ आश्विन २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा पद बहाली गर्नुभएको छ । पद बहालीपछि उहाँले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामाग्री नै प्रयोग गर्नेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा उहाँले पुननिर्माण गर्दा केही महँगो भए पनि स्थानीय उत्पादन नै प्रयोग गर्न प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताउनुभयो । मन्त्री सिन्हाले उद्योग व्यवसायलाई सहजीकरण नगरीकन देशमा आर्थिक उन्नति गर्न नसकिने भन्दै यो कदमले केही हदसम्म उद्यम विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“अहिलेको मूल उद्देश्य भनेको तत्कालका लागि घाइते र सहादत प्राप्त गर्नेहरूका परिवारलाई रोजगारीको अवसर दिने र युवाको सीप व्यवस्थापनमा जोड दिने हो । युवालाई देशमा बस्ने वातावरण मिलाउन सीप विकास र व्यवस्थापनको आवश्यकता छ । यसमा लाग्छौँ ।”

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्