भारतको जम्मू-कश्मीरको नौगाम प्रहरी चौकीमा शक्तिशाली विष्फोट हुँदा नौ जनाको मृत्यु, २९ जना घाइते

Sagarmatha Post
Sagarmatha Post २९ कार्तिक २०८२, शनिबार
0 Min Read
Aa

एजेन्सी : भारतको जम्मू-कश्मीरस्थित श्रीनगरको नौगाम प्रहरी चौकीमा शुक्रबार राति शक्तिशाली विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ। घाइते हुनेमा अधिकांश प्रहरी कर्मचारी रहेका छन् र उनीहरूको सैनिक अस्पताल र सौरा अस्पतालमा उपचार भइरहेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्