पुटिनले युक्रेनले डोनबास क्षेत्र रूसलाई हस्तान्तरण नगरेसम्म कुनै सम्झौता नहुने स्पष्ट : राष्ट्रपति ट्रम्प

Sagarmatha Post
Sagarmatha Post १७ मंसिर २०८२, बुधबार
2 Min Read
Aa

 रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग अमेरिकी विशेष दूत स्टीव विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जेरेड कुशनरले युक्रेन युद्धका विषयमा पाँच घण्टा लामो बैछलफल गरेका छन् । लामो बैठकको बावजुद, दुवै पक्ष सहमतिमा पुग्न भने असफल भएका छन् । पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले वार्ता फलदायी भएको बताउदै कुनै पनि सहमतिमा भने नपुगेको जानकारी दिएका छन् । छलफलका क्रममा पुटिनले युक्रेनले डोनबास क्षेत्र रूसलाई हस्तान्तरण नगरेसम्म कुनै सम्झौता नहुने स्पष्ट गरेका छन् ।

उशाकोभले पुटिनले अमेरिकी शान्ति प्रस्तावका केही भागहरूसँग सहमत भएको तर धेरै अन्य बुँदाहरूमा स्पष्ट रूपमा अस्वीकृति व्यक्त गरेको बताए । उशाकोभले पुटिन र ट्रम्पबीच कुनै नयाँ बैठक हाल तय नभएको र भविष्यको कार्यदिशा शान्ति योजना कसरी विकास हुन्छ भन्ने कुरामा निर्भर हुने प्रतिक्रिया दिएका छन् ।यी वार्ताहरू चलिरहेको बेला, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा युक्रेन अमेरिकी प्रतिनिधिमण्डलबाट संकेतको पर्खाइमा रहेको बताएका छन् । उनले वार्ता पछि, अमेरिकी अधिकारीहरूले युक्रेनलाई सिधै जानकारी दिने र त्यसपछि मात्र युक्रेनले आफ्नो अर्को कदम चाल्ने उल्लेख गरेका छन् ।

युक्रेनी अधिकारीले उनीहरूलाई पहिले नै पुटिनको अडानको बारेमा जानकारी रहेको र केही बुँदाहरूमा सहमत हुने र अरूमा कडा आपत्ति जनाउने बारे आफुहरु जानकार रहेको टिप्पणी गरेका छन् । बैठकको ठीक अगाडि, पुटिनले युरोपलाई अमेरिकी शान्ति योजनामा ​​परिवर्तनहरू गरेको आरोप लगाएका थिए । पुटिनले रूसले युद्ध नचाहने तर युरोपले युद्ध सुरु गर्न चाहेमा आफुहरु तयार रहेको चेतावनी दिएका थिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्