रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा भएको चौथो मेयर रनिङ शिल्ड प्रतियोगितामा अन्तर्गत कवडी खेलसम्पन्न भएको छ ।
तारकेश्वरका सामुदायिक र संस्थागत विद्यालयको सहभागी रहेको प्रतियोगितामा संयोजबस छात्र र छात्रा तर्फको उपाधी सामुदायिक विद्यालयले जितेको छ ।
पृथ्वी नारायण मा.विमा आयोजना भएको उक्त खेलमामा छात्रा तर्फ मनमैजु मा.वि प्रथम, लालिगुराँस एकेडेमी द्धितिय तथा पुरानो गुहेश्वर मा.वि र सेक्रेटहार्ट तृतीय भएको छ ।
त्यस्तै छात्र तर्फ पुरानो गुहेश्वरी पहिलो, सेक्रेटहाट द्धितिय र ग्रामसेवा तथा नेपाल राष्ट्रिय मावि तृतिय भएको छ ।
प्रतियोगिताको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले एक समारोहका बिच समापन गदै बिजेता खेलाडीहरु तथा प्रशिक्षकहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, शिक्षा शाखा प्रमुख सुधिनराज बुढाथोकी, चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताको खेल संयोजक राजेन्द्र प्रसाद तिमिल्सीना, सह संयोजक बिक्रम खड्गी लगायतको उपस्थीति रहेको थियो ।
चौथो मेयर रनिङ शिल्ड अन्तर्गत कबडी खेल सम्पन्न, छात्र र छात्रा दुवैको उपाधी सामुदायिक विद्यालयले जिते


प्रतिक्रिया दिनुहोस्