बैतडी दुर्घटनामा मृतकलाई जनही १ लाख, घाइतेको उपचार खर्च प्रदेशले व्यहोर्ने

Sagarmatha Post
Sagarmatha Post २३ माघ २०८२, शुक्रबार
1 Min Read
Aa

सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मानवीय सहायता स्वरूप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।त्यसैगरी, दुर्घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा भर्ना भएको अवधिभरको औषधि उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि बैठकले गरेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लैजान आवश्यक परे हेलिकोप्टरको व्यवस्था गर्ने प्रतिबद्धता समेत प्रदेश सरकारले जनाएको छ ।

बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको बस बिहीबार राति पुर्चौडी नगरपालिका–७ बडगाउँमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ३४ जना घाइते भएका छन् ।घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पतालमा, पाँच जनाको धनग ढीस्थित निसर्ग अस्पतालमा र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्