मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक १३.५१ अंकले बढ्दै २८१२ बिन्दुमा पुगेको छ।कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ। सोमबार ११ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १२ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको हो।आज १३२ कम्पनीको सेयर मूल्य बढ्दा ११३ कम्पनीको घटेको छ भने १७ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहतर्फ हाइड्रोपावर सबैभन्दा धेरै १.५९ प्रतिशतले उकालो लागेको छ। बैंकिङ ०.८४, विकास बैंक ०.६४, लगानी ०.६१ तथा उत्पादन तथा प्रशोधन समूह ०.२९ प्रतिशतले बढेका छन्।यता फाइनान्स ०.१९, होटल तथा पर्यटन ०.१७, जीवन बीमा ०.३१, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा ०.०३, व्यापार ०.२१ र अन्य समूह ०.१० प्रतिशतले घटेका छन्।आज चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इनको मूल्य १० प्रतिशतले बढेको हो।
त्यस्तै, शिवश्री हाइड्रोपावर ८.१ प्रतिशत, लिबर्टी इनर्जी ७.५३ प्रतिशत, माहुली लघुवित्त ६.४४ प्रतिशत र न्यादी हाइड्रोपावर ६.१६ प्रतिशतले उकालो लागेका छन्।
अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य भने २.२६ प्रतिशतले घटेको छ।कारोबारका आधारमा रिडी हाइड्रोपावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावर अग्रस्थानमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस्