‘ब्रोड पिक’ हिमाल आरोहरणको क्रममा निधन भएका तीन जनाको शव आज काठमाडौँ ल्याइँदै

Sagarmatha Post
Sagarmatha Post २६ श्रावण २०८३, मंगलवार
1 Min Read
Aa

पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहरणको क्रममा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन जना नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ। निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

हिमपहिरोमा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव यही साउन २१ नै गते नेपाल ल्याइसकिएको छ। दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्