बंगलादेशमा मिर्जा फखरुल इस्लाम आलमगीर नयाँ राष्ट्रपतिमा चयन

Sagarmatha Post
Sagarmatha Post ५ भाद्र २०८३, शुक्रबार
1 Min Read
Aa

बंगलादेशको संसद्‍ले मिर्जा फखरुल इस्लाम आलमगीरलाई देशको नयाँ राष्ट्रपति चयन गरेको छ। करिब ३५ वर्षपछि बंगलादेशमा २३औँ राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको थियो ।सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का तर्फबाट उम्मेदवार बनेका मिर्जा फखरुल इस्लाम आलमगीर २५५ मत प्राप्त गर्दै राष्ट्रपति निर्वाचित भएका छन् ।

उनका प्रतिद्वन्द्वी उम्मेदवार अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत पाए । राष्ट्रपति चुनिएका आलमगीर सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टीका नेता हुन् । उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका प्रमुख विरोधीमध्ये एक रहँदै आएका छन् ।सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि शेख हसिनालाई सत्ताबाट हटाइएको थियो । शेख हसिना अहिले भारतमा बस्दै आएकी छन् । बंगलादेशले भारतसँग उनको प्रत्यर्पण गर्न माग गरेको छ ।

आलमगीरले कठिन समयमा बीएनपीको नेतृत्व गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनलाई विभिन्न समयमा पटक–पटक गिरफ्तारसमेत गरिएको थियो ।बंगलादेशमा राष्ट्रपतिको पद मुख्यतः औपचारिक मानिन्छ । तर प्रस्तावित सुधारअनुसार राष्ट्रपतिको पदलाई थप अधिकार प्रदान गर्न सकिने बताइएको छ, जसले देशका शीर्ष नेताहरूबीच शक्ति सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्