पोखरा–जोमसोम हवाई उडान आजदेखि पुनः सुरु

Sagarmatha Post
Sagarmatha Post ९ भाद्र २०८३, मंगलवार
1 Min Read
Aa

वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम हवाई उडान आजदेखि पुनः सुरु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार आज समिट एयरको विमानले पोखरा–जोमसोम उडान तीन पटक गरेका छन्। कम ‘भिजिबिलिटी’का कारण हरेक वर्षायाममा पोखरा–जोमसोम हवाई उडान बन्द हुने गरेको छ । पर्यटक आगमनको याम सुरु हुन लागेकाले उडान पुनः सञ्चालन भएसँगै मुस्ताङको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्