शुक्रबार मध्यान्ह १२ बजेसम्म चार सय ८९ जनाको शव फेला : नेपाल प्रहरी

Sagarmatha Post
Sagarmatha Post १२ भाद्र २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ, नेपाल प्रहरीले शुक्रबार मध्यान्ह १२ बजेसम्म चार सय ८९ जनाको शव फेला परेको जानकारी दिएको छ । प्रहरीका अनुसार रसुवामा १३ जना, धादिङमा ४० जना, गोरखामा ४४ जना, नवलपरासी पूर्वमा ११२ जना, नुवाकोटामा ३७ जना, चितवनमा १८६ जना, तनहुँमा २९ जना र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको हो । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि चार हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ । हालसम्म २८ जना प्रहरी कर्मचारीहरु सम्पर्कविहीन  छन् । घाइते तथा उद्धार गरिएको सङ्ख्या एक हजार ४७३ रहेको छ । काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालहरुमा उपचाररत तथा डिस्चार्ज भएका व्यक्तिहरुको सङ्ख्या ८७ छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्