किम्रोङ खोलाको बहाव खुल्यो, पहिरोपछि तत्कालको जोखिम टर्‍यो

Sagarmatha Post
Sagarmatha Post २४ भाद्र २०८३, बुधबार
1 Min Read
Aa

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरो खसेर थुनिएको किम्रोङ खोलाको बहाव पुनः सञ्चालनमा आएको छ। गएराति करिब ८ बजेतिर पहिरो खसेपछि खोला थुनिएको थियो।कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालका अनुसार पहिरोका कारण अवरुद्ध भएको खोलाको बहाव रातभरमा आफैं खुलेको हो। स्थानीयवासीका अनुसार अहिले खोलामा पानीको बहाव सामान्य अवस्थामा फर्किएको छ।

खोलाको बहाव साविककै अवस्थामा फर्किएपछि तत्कालका लागि जोखिम टरेको बरालले जानकारी दिए। पहिरो खसेर खोला थुनिएको स्थानको अवस्था बुझ्न प्रहरी टोली बिहान करिब ४ बजे नै त्यसतर्फ पठाइएको उनले बताए। अहिले खोलाको बहाव सामान्य अवस्थामा फर्किए पनि पहिरो प्रभावित क्षेत्रमा थप जोखिमको अवस्था बुझ्न आवश्यक निगरानी भइरहेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्