काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना

Sagarmatha Post
Sagarmatha Post १२ आश्विन २०८३, सोमबार
1 Min Read
Aa
????????, ? ??? : ?????????? ????????? ??????? ????? ????? ?????????? ???????? ??????? ????? ????????? ??????? ????? ????? ? ?????? : ???? ???????/????

आज (सोमबार) पनि काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँ उपत्यकामा आज दिउँसो तथा साँझको समय पानी पर्ने सम्भावना छ।‘उपत्यकामा आज आइसोलेटेड (खण्डित) टाइपको वर्षा हुने सम्भावना देखिन्छ’, उनले नेपालखबरसँग भनिन्, ‘हल्कादेखि मध्यमसम्म पानी पर्ने सम्भावना देखिएको छ।’

आइसोलेटेड अर्थात् खण्डित वर्षाको अर्थ उपत्यकाभित्रै पनि सबै स्थानमा एकनास पानी नपरेर कतै अलि ठुलो त कतै अलि सानो वर्षा हुनु हो अथवा कतै वर्षा नै नहुने अवस्था हो।त्यसअघि चाहिँ काठमाडौँ उपत्यकाको आकाशमा आंशिकदेखि साधारणतया बादल लाग्ने सम्भावना छ। यसको अर्थ घाम-बादल घाम बादलको अवस्थामा रहन्छ।

देशभरको मौसम र वर्षा सम्भावनाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे अद्यावधिक बुलेटिन जारी गर्नेछ।  भारतमा रहेको मौसम प्रणाली कमजोर भएसँगै नेपालमा केही दिनदेखि जारी लगातार वर्षा हाल थामिएको छ। आइतबार साँझदेखि पानी पर्ने क्रम निकै कम भएको छ। यद्यपि नेपालमा मनसुन अवधि बाँकी नै रहेकाले धेरथोर वर्षा हुने क्रम भने जारी नै रहन्छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्