अर्जेन्टिनाले फकल्यान्ड टापुमा सञ्चालन भइरहेको तेल उत्खननसम्बन्धी परियोजना नरोके बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले उत्तरी फकल्यान्ड क्षेत्रमा सञ्चालन भइरहेको ‘सी लायन प्रोजेक्ट’ रोक्न बेलायतलाई दुई साताको समयसीमा तोकेका छन्। तोकिएको अवधिभित्र परियोजना नरोके जर्मनीको ह्याम्बर्गमा रहेको इन्टरनेसनल ट्राइब्युनल फर द ल अफ द सी (ITLOS) मा कानुनी कारबाहीका लागि जाने जानकारी उनले सामाजिक सञ्जाल एक्समार्फत दिएका छन्।
फकल्यान्ड टापुको सार्वभौमसत्तालाई लिएर बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि विवाद रहँदै आएको छ। बेलायतले सन् १८३३ देखि टापुमाथि आफ्नो प्रशासनिक तथा सार्वभौम अधिकार रहेको दाबी गर्दै आएको छ भने अर्जेन्टिनाले बेलायती नियन्त्रणलाई औपनिवेशिक कब्जाका रूपमा व्याख्या गर्दै टापुमाथि आफ्नो सार्वभौम दाबी कायम राखेको छ। यही सार्वभौमिकता विवादका कारण सन् १९८२ मा अर्जेन्टिना र बेलायतबीच करिब ११ सातासम्म युद्ध भएको थियो। युद्धको अन्त्यपछि बेलायती सेनाले फकल्यान्ड टापुमाथि पुनः नियन्त्रण कायम गरेको थियो


प्रतिक्रिया दिनुहोस्