सरकार ढल्ने विषयमा अनावश्यक हल्ला नगर्न सभापति रवि लामिछानेको आग्रह

Sagarmatha Post
Sagarmatha Post १८ आश्विन २०८३, आईतवार
1 Min Read
Aa

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकार पाँच वर्षसम्म कायम रहने दाबी गरेका छन्। कांग्रेस महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लामिछानेले सरकार ढल्ने विषयमा अनावश्यक हल्ला नगर्न आग्रह गरे। उनले सरकार ढल्ने हल्ला चलाउनेहरू नै बरु बेहोस भएर ढल्न सक्ने तर सरकार नढल्ने टिप्पणी गरे।

उनले आन्दोलनबाट सरकार परिवर्तन हुन नसक्ने पनि स्पष्ट पारे। चाडपर्वपछि सरकार ढाल्ने उद्देश्यले आन्दोलन हुने चर्चा आफूले सुनेको उल्लेख गर्दै उनले सरकार ढाल्ने अधिकार र शक्ति जनतामै निहित रहेको बताए। उनका अनुसार सरकारले जनअपेक्षाअनुसार काम गर्न नसके आगामी निर्वाचनमा जनताले नै सरकार परिवर्तन गर्नेछन्।

लामिछानेले लोकतन्त्र र संविधानको रक्षा गर्न रास्वपा सबै राजनीतिक शक्तिसँग सहकार्य गर्न तयार रहेको बताए। साथै, रास्वपाले प्राप्त गरेको जनमतको अवमूल्यन नगर्न र वर्तमान सरकारप्रति अनावश्यक शंका नगर्न उनले आग्रह गरे।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्