गोप्य सूचना चुहाउनेमाथि कानुनी कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

Sagarmatha Post
Sagarmatha Post २० आश्विन २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायका गोप्य र संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई उपलब्ध गराउनेमाथि कानुनी कारबाही गर्ने चेतावनी दिनुभएको छ। गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत मन्त्रालय तथा मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी र कर्मचारीले आफ्नो पदीय मर्यादा भुलेर गोप्य तथा संवेदनशील सूचना चुहाउने प्रवृत्तिलाई लामो समयदेखि निगरानी गरिरहेको बताउनुभएको हो।

उहाँले राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको स्पष्ट पार्नुभएको छ। पदका कारण सूचनामा पहुँच प्राप्त भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको उहाँको भनाइ छ।

गृहमन्त्री गुरुङका अनुसार सानोभन्दा सानो सूचना, सुराक वा गोप्य जानकारीले अपराध नियन्त्रण, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुनसक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ। राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने चेतावनी दिँदै उहाँले त्यस्ता व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्