कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने

Sagarmatha Post
Sagarmatha Post १५ कार्तिक २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीको आगामी कार्यदिशाबारे आइतबार विशेष सम्बोधन गर्ने भएका छन्। १५औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले पदभार ग्रहण गरेको केही दिनपछि सभापति थापाले पत्रकार सम्मेलनमार्फत पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन्। सम्बोधनमा राष्ट्रिय राजनीति र पार्टीका आन्तरिक विषयलाई प्राथमिकता दिइने जनाइएको छ।

कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार सभापति थापाको विशेष सम्बोधन कार्यक्रम दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुनेछ। सम्बोधनअघि उनले पार्टीका प्रमुख पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ। महाधिवेशनपछि पार्टीको पछिल्लो सांगठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तत्कालीन कार्ययोजना तथा मुलुकको विद्यमान आर्थिक र राजनीतिक परिस्थितिमा कांग्रेसको भूमिकाबारे सभापति थापाले आफ्नो धारणा स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्